राप्रपा मकवानपुर क्षेत्र नं. २ `ख´ को अध्यक्षमा नरहरी सुवेदी

बकैया दर्पण संवाददाता
२१ बैशाख २०८२, आईतवार ०९:२६

मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा , मकवानपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ `ख´ को अन्तर्गतको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनबाट निर्वाचित क्षेत्रीय कार्यसमितिको अध्यक्षमा नरहरी सुवेदी चयन भएका छन्।अधिवेशनले सुवेदीको अध्यक्षमा १५ सदस्यीय क्षेत्रीय समिति चयन गरेको छ ।

राप्रपा क्षेत्र नं. २ `ख´ को पहिलो कार्यसमितिको बैठकले अन्य पदाधिकारीहरु जिम्मेवारी प्रदान गर्नेछ । राप्रपा क्षेत्र नं. २ `ख´ को पहिलो बैठकले २ जना उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवको जिम्मेवारी प्रदान गर्ने खत्रीले बताउनुभयो । यसअघि अध्यक्ष सुवेदीले संगठनको संयोजकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

अधिवेशनको उद्घाटन अध्यक्ष सुवेदीको सभाध्यक्षमा प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य डम्बर तामाङ, केन्द्रीय सदस्यमा राम थोकर उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*