बकैयामा आयोजित अचार बनाउने तालिम सम्पन्न

बकैया दर्पण संवाददाता
३ बैशाख २०८२, बुधबार ०८:१०

बकैया दर्पण : बकैया गाउँपालिका, वडा नम्बर १० को आयोजनामा संचालन गरिएको अचार बनाउने तालिम सम्पन्न भएको छ । गृहणी महिला सशक्तीकरण अन्तर्गत आयोजना भएको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो ।

प्रशिक्षक बिमाला लामा द्वार तालिमामा बनाएको अचरा वडा अध्यक्ष कमला वाईबालाई हस्तान्तरण गर्दै

बैशाख २ गतेसम्म आयोजना भएको तालिममा विमला लामाले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरु

बकैया-१० की वडाध्यक्ष कमला कुमारी वाईबाको सभाध्यक्षता तथा बकैया गाउँपालिकाका सदस्य राजकुमार भोम्जनको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा वडा सचीव नारायण खत्री लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सहजीकरण सह-सचीव जय बहादुर भोम्जनले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*