बागमती प्रदेशसभा बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
१८ पुष २०७९, सोमबार ०९:०४

मकवानपुर । बागमती प्रदेशसभाको ११ औं अधिवेशन बैठक आज बस्दैछ । बैठक दिनको १ बजे बस्ने गरी बोलाइएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

उक्त बैठक संचालनको लागि बिहान ८ बजेको लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, प्रदेशसभाको बैठकमा प्रस्तुत हुने कार्यसूचीको विषयमा छलफल गर्न र बैठकको लागि आवश्यक कार्यसूची तयार गर्ने लक्ष्यसहित सर्वदलीय बैठक आह्वान गरिएको हो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको लागि दोस्रो पदावतीको ११ औं बैठक सुरु हुन लागेको हो ।

प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टी समेत गरी ११० जना प्रदेशसभाका सदस्यहरुले प्रतिनिधित्व गर्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*