जगन्नाथ थपलिया बने एमाले बागमती प्रदेशको संसदीय दलको नेता

बकैया दर्पण संवाददाता
१४ पुष २०७९, बिहीबार १३:३७

मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन हुनुभएको छ ।

केन्द्रीय सदस्यसमेत रहेका थपलिया सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन हुनुभएको हो । उहाँ डोरमणि पौडेल नेतृत्वको सरकारका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहनुभएको थियो । थपलिया चितवन क्षेत्र नम्बर १(क) बाट विजयी हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*