कांग्रेस संसदीय दलको नेतामा बहादुर लामाद्वारा पनि उम्मेदवारी दर्ता

ईन्द्र बानियाँ र बहादुर लामा भिड्दै
बकैया दर्पण संवाददाता
१३ पुष २०७९, बुधबार ११:१३

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर लामाले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । संसदीय दलको नेता चयनको आज हुने निर्वाचनका लागि लामाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभयो ।

उहाँले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा गएर उम्मेदवारी दर्ता गराउनुभएको हो । लामाको समर्थकमा उर्मिला नेपाल, रमेशकुमार महत र तीर्थ लामा तथा प्रस्तावकमा कुन्दन काफ्ले रहनुभएको छ । लामा गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा नुवाकोट २ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

यसअघि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

बानियाँले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा गएर उम्मेदवारी दर्ता गराउनुभएको हो । बानियाँको समर्थकमा छिरिङ दोर्ज लामा र कञ्चन बादे तथा प्रस्तावकमा प्रभात तामाङ रहनुभएको छ । बानियाँ गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघि पनि संसदीय दलको नेता भइसक्नुभएको छ ।

अब नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ र बहादुर लामाबिच प्रतिष्पर्धा हुने भएको छ ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*