कांग्रेस संसदीय दलको नेतामा ईन्द्र बानियाँद्वारा उम्मेदवारी दर्ता

बकैया दर्पण संवाददाता
१३ पुष २०७९, बुधबार १०:२१

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ । संसदीय दलको नेता चयनको आज हुने निर्वाचनका लागि बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभयो ।

बानियाँले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा गएर उम्मेदवारी दर्ता गराउनुभएको हो । बानियाँको समर्थनमा छिरिङ दोर्ज लामा र प्रस्तावकमा प्रभात तामाङ रहनुभएको छ । बानियाँ गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो। उहाँ यसअघि पनि संसदीय दलको नेता भइसक्नुभएको छ ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*