मकवानपुर सिस्नेरी हत्या घटनामा ४ जना नियन्त्रणमा, एकजनाद्धारा हत्या गरेको स्वीकार

बकैया दर्पण संवाददाता
२७ मंसिर २०७९, मंगलवार १०:११

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर-३ सिस्नेरी ज्यामिरेमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीको अनुसार आइतबार र सोमबार गरेर अनुसन्धानको क्रममा सोधपुछको लागि ४ जना स्थानीयलाई नियन्त्रणमा लिइएको हो । उहाँले इन्द्रसरोवर ३ का ३ जना र २ का एक जना नियन्त्रणमा लिइएको बताउनुभयो ।

शनिबार साँझ ज्यामिरेकी स्थानीय ३६ वर्षीया सरस्वती वाइबाको शव टाउको र शरीरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा फेला परेको थियो । सरस्वती केहि दिनदेखि हराएको भन्दै उनको श्रिमानले प्रहरीकोमा खोजी गरिदिन निदेवन दिएका थिए । महिलाको हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धानलाई अगाडी बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले घटनाको अनुसन्धानमा एकजना स्थानीयले हत्या स्वीकार गरेको समेत बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेकोले आरोपितको परिचय खुलाउन नमिल्ने बताउँदै प्रवक्ता कार्कीले घटनाको थप विस्तृत खुल्ने क्रममा रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*