थाहामा राजाबादीको प्रदर्शन

बकैया दर्पण : राष्ट्रिय प्रजातन्त्र पार्टी थाहा नगर कमिटीले अहिले मकवानपुरको थाहा नगरपालिकामा पैदल हिडेरै विरोध प्रदर्शन गरिरहेका छन् ।
हातमा प्लेकार्ड बोकेर राजाबादीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दाबाद, राज्य आतंक बन्द गर, मान्छे मार्न पाइदैन, गृहमन्त्री राजिनामा दे, हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका छन् ।
राप्रपा पार्टी थाहा नगरपालिका कार्यालय पालुङबाट सुरु भएको बिरोध र्याली बजार परिक्रमा गरी शिखरकोटमा कोणसभा गर्ने तयारी रहेको राप्रपा थाहा नगरका अध्यक्ष कुलमान तामाङले जानकारी दिए ।
सरकारले आन्दोलनलाई दमन गर्ने नागरिकलाई विना कारण पक्राउ गर्ने दुख दिने कार्य गरि रहेको अवस्थामा अब राष्ट्रिय प्रजातन्त्र पार्टी थाहा नगरले चरणबद्ध आन्दोलन गर्ने तामाङले बताए ।