बागमती-३ निवासी विकलाई आरण सामग्री वितरण

बकैया दर्पण संवाददाता
८ चैत्र २०८१, शनिबार २१:५२

बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिका-३, सुख्खा निवासी हिमाल विकलाई आरण सामग्री वितरण गरिएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष सर्केस घलान, प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी, पालिकाका सामाजिक विकास संयोजक एवम् बागमती-३ का वडाध्यक्ष कमान सिं पाख्रिन लगायतका टोलीले विकको घरमै पुगेर आरण सामग्री वितरण गरिएको हो ।

विकलाई निवासमै पुगेर ५० हजार रुपैयाँ बराबरको आरण सामग्री वितरण गरिएको वडाध्यक्ष पाख्रिनले बताउनुभयो ।
वडाभित्रै एक मात्र आरण चलाउँदै आइरहेको विकलाई वडाले बजेट विनियोजन गरेर सामग्री वितरण गरिएको हो ।

आरण सामग्री वितरण गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले श्रम जीवनयापन गर्ने आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो `श्रम गर्नुपर्दछ। श्रम गरेमा कोही सानो हुँदैन। श्रमले नै मानिसको आत्मनिर्भरतामा सहयोग पुग्छ।´ उक्त सामग्रीले विकलाई थप सहजता हुने उहाँको भनाई छ । उहाँले सबै जना श्रममा जोड्न आग्रह पनि गर्नुभयो ।

सामग्री वितरण कार्यक्रममा बागमती-३ का पुर्वअध्यक्ष बल बहादुर पाख्रिन, वडा सदस्य तुल बहादुर मोक्तान, पुर्व वडा सदस्य वीर बहादुर थिङ, गढन दुग्ध सहकारीका उपाध्यक्ष एक्क बहादुर दोङ र अविशेक मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*