पारिश्रमिक नपाएपछि खेलकुद पत्रकार मकवानपुर जिल्ला फुटबल सङ्घको विरुद्ध आन्दोलनमा

अखिल नेपाल फुटबल संघ एन्फाको क्यालेण्डरमा परेको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा फोटो तथा भिडियो खिचेका पत्रकारहरूले पारिश्रमिक पाएका छैन्।
२०७९ साल र २०८० सालमा आयोजना भएको मकवानपुर गोल्डकप फुटबलमा फोटो खिचेका केही फोटो पत्रकारहरूको रकम भुक्तानी नभएको खेल पत्रकार दिक्षान्स खड्काले जानकारी दिनुभएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले २ प्रतियोगिता देखि झुकाउँदै आएको विषयमा खेलकुद पत्रकारहरू एकजुट भएका छन्।
भरपाईको रकम माग गर्दाखेरि अखिल नेपाल फुटबल संघ एन्फाबाट पैसा निकासा नभएको र मकवानपुर जिल्ला पूर्व संघसँग पैसा नरहेको कारणले रोकेका हुन् हामीले भरपाई गर्न नसकेका हौँ। अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रममा विभिन्न देशको भ्रमण गर्दै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले आफ्नो जिल्लाको खेलकुद विकास गर्न नसक्ने हुँदा आफ्नो पदबाट राजीनामा दिनुपर्छ भन्दै खेलकुद पत्रकार रञ्जन पौडेलले जानकारी दिएका छन्।
केही समय अगाडि भएको मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा मकवानपुर जिल्ला फुटबल संघका पदाधिकारी आलोक स्याङतानले खेलकुद पत्रकारको क्यामेरा तोडफोड गरेको विषयमा पनि केही मकवानपुर जिल्ला फुटबल संघले कुनै पनि कारबाही नगरेको खेलकुद पत्रकार दिक्षान्स खड्काले जानकारी दिनुभएको छ ।
हप्ताभित्रमा हाम्रो रकम भरपाई नभए हामी आन्दोलनमा जाने तयारीमा छौँ। मकवानपुर जिल्ला फूटबल सङ्घको अध्यक्षले आफ्नो पदबाट राजीनामा दिनुपर्छ र मकवानपुर जिल्लाको फुटबल विकास गर्न सक्ने व्यक्तिले मकवानपुर जिल्ला फुटबल संघको अध्यक्ष बन्नुपर्छ। राजनीति प्रतिशोधकै कारणले हाम्रो भरपाई रोकेका हुन् भन्ने खेलकुद पत्रकार दिक्षान्स खड्काले जानकारी दिनुभएको छ ।