राजावादीद्वारा हेटौंडामा प्रदर्शन

बकैया दर्पण संवाददाता
१६ चैत्र २०८१, आईतवार २२:१०

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले मकवानपुरको हेटौंडा-१० रहेको सीमाचोकमा विरोध प्रदर्शन आयोजना गरेको छ। प्रदर्शनमा सहभागीहरूले नेपालमा राजा स्थापित हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखेका थिए।

कार्यक्रममा राप्रपा मकवानपुरका कार्यभाग अध्यक्ष सागर थापाले काठमाडौंमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी दमन गरेको आरोप लगाए। उनले सरकारले नेपाली जनतालाई मार्ने बाहेक अरू केही नगरेको दाबी गरे। “सरकारले जुन क्रियाकलाप गरेको छ, त्यसको विरोधमा हामीले आज यो प्रदर्शन आयोजना गरेका हौँ,“ उनले भने।

थापाले यो शान्तिपूर्ण विरोध भएको र भोलिदेखि थप आन्दोलनको तयारी हुने जानकारी दिए। काठमाडौंमा पत्रकारको मृत्युको घटनामा पनि प्रहरीको गल्ती रहेको उनको दाबी थियो।

प्रदर्शनमा राजावादी समर्थकहरुको उल्लेख्य उपस्थिति थियो, र उनीहरूले राजाको समर्थनमा र सरकारको विरोधमा नारा लगाएका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*