नेपाल माझी उत्थान सङ्घ मकवानपुर अध्यक्षमा लोकेन्द्र माझी चयन

बकैया दर्पण संवाददाता
२५ मंसिर २०७९, आईतवार १४:३२

मकवानपुर । नेपाल माझी उत्थान सङ्घ मकवानपुरको छैटौं अधिवेशनवाट लोकेन्द्र माझीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।

नेपाल माझी उत्थान सङ्घ, नेपालको केन्द्रिय सदस्य रामशरण माझीको प्रमुख आत्थ्यितामा सम्पन्न छैटौं अधिवेशनले नेपाल माझी उत्थान सङ्घ मकवानपुरको उपाध्यक्षमा तिलक माझी र भुपु माझी तथा सचिवमा दिनेश माझी चयन हुनुभएको छ । यस्तै, सहसचिवमा नारायण माझी र कोषाध्यक्षमा कुसुम कुस्वार माझी चयन हुनुभएको हो । यसैगरी, सदस्यहरुमा पार्वती माझी, वीर बहादुर माझी, राधिका माझी र बेदनाथ माझी चयन हुनुभएको हो ।

नेपाल माझी उत्थान सङ्घ मकवानपुरको छैटौं अधिवेशनबाट बद्री माझीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । उक्त सल्लाहकार समितिको सदस्यहरुमा भोला माझी, रामशरण माझी, भूमिलाल माझी, आशिष कुस्वार माझी, सिताराम माझी, श्याम माझी, झलक माझी, सोम बहादुर माझी, हेमन्त माझी र बुद्धिमान माझीलाई चयन गरेको नेपाल माझी उत्थान सङ्घ मकवानपुरको अध्यक्षमा लोकेन्द्र माझीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*