बकैयामा रक्तदानमा ४५ जनाले गरे रगतदान

बकैया दर्पण संवाददाता
२४ मंसिर २०७९, शनिबार १७:११

मकवानपुर । १६ दिने लैङ्गिक हिंसा बिरुद्धकाे अभियान अन्तर्गत बकैया गाउपालिकामा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।

२१ गते भएको साे कार्यक्रममा विभिन्न ४५ जना ब्यक्तिले रक्तदान गरेको पालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, रक्तसञ्चार केन्द्र मकवानपुरका प्रमुख टंक दाहाल लगायतको उपस्थिति थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*