मकवानपुर १ मा कसले कसलाई ग¥यो अन्तर्घात ?

मतपरिणामअनुसार कुनै दल देखिएनन् पानीमाथिको ओभानो
बकैया दर्पण संवाददाता
२० मंसिर २०७९, मंगलवार १२:५६

मकवानपुर । संघिय निर्वाचन २०७९ मा मकवानपुर १ मा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै दल र ब्यक्तीहरुले एकअर्कालाई अन्तर्घात गरेको दोषारोपण गरीरहे पनि निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार कुनै पनि दलहरु अछुतो नरहेको देखाएको छ । पाँच दलिय गठबन्धनसँग नेकपा एमालेको प्रतिष्पर्धा चल्ने पूर्वआँकलन गरिएकोमा परिणाम राप्रपातिर गएसँगै दलहरुले एकअर्कालाई घात गरेको चर्चा थालेका थिए ।

संघिय निर्वाचन २०७९ को निर्वाचनको सार्वजनिक भएको मतपरिणामअनुसार राप्रपाका केन्द्रिय सदस्य दीपक बहादुर सिंहले २७ हजार ८ सय ५१ मतसहित विजयी हुनुभएको छ । पाँच दलिय गठबन्धनका तर्फबाट निर्वाचनमा होमिनु भएका नेपाली काङ्ग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले २५ हजार ४ सय ६४ मत ल्याउनुभयो भने नेकपा एमालेको सूर्य निर्वाचन चिन्ह लिएर निर्वाचनमा लड्नुभएको राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले २५ हजार ४ सय ६० मत ल्याउनुभयो । यता, राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराम थापाले ५ हजार ७ सय ३ मतमा चित्त बुझाउनुप¥यो ।

संघिय निर्वाचन २०७९ मा मकवानपुर १ मा समानुपातिकतर्फ भने फरक नतिजा देखाएको छ । समानुपातिकतर्फ राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले मत बढाउँदा नेपाली काङ्ग्रेस र नेकपा एमालेको मत घटेको छ । राप्रपाको १३ हजार ७ सय ७० मत मात्रै प्राप्त गरेको छ भने नेकपा एमालेको २२ हजार ६ सय ७६, नेपाली काङ्ग्रेसको १४ हजार ८ सय १४, नेकपा माओवादीको १२ हजार १ सय ६० र राष्ट्रिय स्वतन्त्र पार्टीको १८ हजार ६ सय ६२ मत ल्याएको छ ।
यस्तै, नेकपा एकिकृत समाजवादीको १ हजार २ सय ५१, राप्रपा नेपालको ४ सय ५६, जसपाको ४ सय २९ र जनमोर्चाको ३३ मत आएको छ ।

मकवानपुर १ मा दलहरुले समानुपातिकतर्फ आएको मत हेर्दा ठूला दलहरुले प्रत्यक्षतर्फ र समानुपातिकतर्फको मतमा भिन्नता देखिन्छ । समानुपातिकतर्फको मतभन्दा प्रत्यक्षतर्फ राप्रपाले मत बढाउँदा नेकपा एमाले, रास्वपा र पाँच दलिय गठबन्धनको मत घटेको देखिएको छ । समानुपातिकतर्फ पाँच दलिय गठबन्धनहरु नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा र जनमोर्चाको मत ३२ हजार ६ सय ८७ आएको छ । यस्तै नेकपा एमाले र राप्रपा नेपालको २३ हजार १ सय ३२ मत आएको छ । यता राप्रपाको १३ हजार ७ सय ७० मत ल्याउँदा रास्वपाको १८ हजार ६ सय ६२ मत ल्याएको छ ।

यसरी मतलाई हेर्दा समग्रमा पाँचदलिय गठबन्धनको उम्मेदवार डीनाले पाउनुभएको मत पाँच दलले समानुपातिकमा पाएको भन्दा ७ हजार २ सय २३ मत कम छ । यस्तै नेकपा एमाले र राप्रपा नेपालको गठबन्धनले पनि समानुपातिकमा पाएको मतभन्दा प्रत्यक्षतर्फ २ हजार ३ सय २८ मत बढी आएको छ । यसैगरी, रास्वपामा समानुपातिकमा भन्दा प्रत्यक्षमा १२ हजार ९ सय ५९ बढी मत ल्याएको छ । यता राप्रपाले भने समानुपातिकमा भन्दा प्रत्यक्षमा १४ हजार ८१ मत बढी आएको छ ।

यसरी हेर्दा, पाँच दलिय गठबन्धन र नेकपा एमालेको मत राप्रपाको उम्मेदवार दीपक बहादुर सिंहलाई गएको देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*