समानुपातिकतर्फ मकवानपुरमा एमाले पहिलो स्थानमा

बकैया दर्पण संवाददाता
९ मंसिर २०७९, शुक्रबार ११:००

मकवानपुर । मकवानपुरमा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ । देशभरको समग्र समानुपातिक मत परिणाममा अग्रता लिइरहेको यो निर्वाचनको मतपरिणामअनुसार एमालेले मकवानपुरमा पनि अग्रता लिएको हो ।

मकवानपुर २ को मतगणनामा एमाले २८ हजार २९६ मतसहित पहिलो स्थानमा, नेपाली कांग्रेस २१ हजार ५११ मतसहित दोस्रो स्थानमा रहेका छन् । त्यसैगरी, माओवादी केन्द्रले १२ हजार ९९५, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार २८२, राप्रपाले ३ हजार २९ र एकीकृत समाजवादीले २ हजार ५८० मत पाएका छन् । उक्त क्षेत्रमा ८६ हजार ३३८ मतगणना भएको छ ।

त्यस्तै, मकवानपुर १ मा समानुपातिक तर्फको मतपरिणाम अनुसार, एमालेले ११ हजार ३१० मत, माओवादी केन्द्रले १० हजार ७३९ मत, नेपाली कांग्रेसले ७ हजार ६०५ मत, राप्रपाले ४ हजार ६४६ मत, एकीकृत समाजवादीले २९८ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ४२ हजार ४८० मतगण्ना भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*