मकवानपुर १ मा राप्रपाका सिंह विजयी

बकैया दर्पण संवाददाता
८ मंसिर २०७९, बिहीबार १३:३७

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनुभएको हो । सिंह २ हजार ३ सय ८२ मतको फरकमा विजयी हुनुभएको हो ।

कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८ सय १६ हजार मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका उम्मेदवार डीनाले २५ हजार ४ सय ३४ मत प्राप्त गर्नुभयो ।

एमालेको चुनाव चिन्हबाट उम्मेदवार बन्नुभएका थापाले २५ हजार ४ सय २० मत प्राप्त गर्नुभयो । राप्रपाले हेटौंडामा २८ वर्षपछि विजयी भएको हो । २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*