मकवानपुरमा डिनाको अग्रता कायमै, कमल थापाले मतगणना सम्पन्न हुनुपूर्व पराजय स्वीकार

बकैया दर्पण संवाददाता
८ मंसिर २०७९, बिहीबार ०८:४६

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा ७१ हजार ४७८ मत गणना हुदा नै एमाले उम्मेदवार कमल थापाले पराजय संवीकार गर्नुभएको छ ।

जसमा सूर्य चिन्ह लिएर उठ्नुभएकाे राप्रपा नेपालका अध्यक्ष कमल थापाले २० हजार ६४८ मत पाउनुभएकाे छ । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २१ हजार ९१० मत पाउनुभएकाे छ ।

हालसम्म कांग्रेसका उम्मेदवार डिना सबैभन्दा अगाडि हुनुहुन्छ । राप्रपाका दिपकबहादुर सिंहले १९ हजार ७५६ मत पाउनुभएकाे छ ।

अब झण्डै २० हजार मत गणना हुन बाँकी छ ।

मतगणना सम्पन्न हुनुपूर्व नै एमाले उम्मेदवार थापाले पराजय स्वीकार गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा स्टाट्स पोष्ट गर्दै आफु पराजित भएको स्वीकार गर्नुभएकाे हाे । उहाँले सूर्य चिन्हबाट चुनाव लड्ने अवसर दिएको भन्दै नेकपा एमालेप्रति आभार व्यक्त गर्नुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*