मकवानपुर २ बाट प्रतिनिधि सभामा एमालेका महेश बर्ताैला बिजयी

बकैया दर्पण संवाददाता
८ मंसिर २०७९, बिहीबार ०५:४५

मकवानपुर । मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बर्ताैला बिजयी हुनुभएको छ ।

बर्ताैलाले नेकपा समाजवादीका उम्मेदवार बिराेध खतिवडालाई पराजित गर्दै संघिय संसदकाे छिर्ने ढाेका खाेल्नु भएको हाे । उहाले ३४ हजार ९ सय १६ मत प्राप्त गरि बिजयी हुदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार बिराेध खतिवडाले ३० हजार ३९ मत प्राप्त गर्नुभएको हाे । पूर्व स्वास्थ्यमन्ती समेत रहनु भएका खतिवडा ४ हजार २ सय २० मतले पराजित हुनुभएको हाे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार भरत पराजुलीले १२ हजार ३९ मत ल्याउनुभएकाे छ ।

यस क्षेत्रमा ४ हजार १ सय २ मत बदर भएको छ । निर्वाचन आयाेगले आधिकारिक रुपमा घाेषणा गर्न भने बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*