मकवानपुर १(ख)मा एमालेका श्रेष्ठ बिजयी

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १९:३०

मकवानपुर । मकवानपुर (ख) मा नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका एमाले उम्मेदवार एकालाल श्रेष्ठ बिजयी हुनुभएको छ ।

श्रेष्ठले १४ हजार २ सय २५ मत ल्याउँदै जित निकाल्नुभएकाे हाे । उहाँकाे निकटतम् प्रतिद्वन्द्वी वामलाेकतान्त्रिक गठबन्धनका आनन्दराम पराजुलीले १३ हजार ३ सय ५६ मत ल्याउनुभएकाे छ । श्रेष्ठले ८ सय ७१ मतान्तरले जित हासिल गर्नुभएको हाे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गुञ्जन बहादुर न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गर्नुभयाे । कुल ४३ हजार ३५६ मत खसेको मकवानपुर १ को २ मा १ हजार ५०४ मत बदर भएको थियो ।
मतपरिणाम सार्वजनिक गरिए पनि निर्वाचन आयाेगले बिजयी घाेषणा गर्न भने बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*