मकवानपुर २(ख) बाट कांग्रेसका उम्मेदवार बानियाँ बिजयी

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १९:०७

मकवानपुर । मकवानपुर २(ख) बाट नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ बागमती निर्वाचित हुनु भएकाे छ । भर्खरै सकिएकाे मत गणनाअनुसार बानियाँले नेकपा एमालेका लालबहादुर थापालाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।

बानियाँले १८ हजार ७ सय १७ मत प्राप्त गर्दा एमालेका थापाले १६ हजार ९ सय ३५ मत प्राप्त गर्नुभएकाे हाे । बानियाँले थापालाई १ हजार ७ सय ८२ मतान्तरले हराउनु भएको हाे । १ सय ३० मत बदर भएको छ ।

मतगणनाकाे परिणाम सार्वजनिक भए पनि निर्वाचन आयाेगबाट आधिकारिक घाेषणा भने हुन बाँकी रहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*