मकवानपुर २ मा महेशको अग्रता कायमै

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १४:२३

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा हालसम्म ४५ हजार ६४४ मत गणना भएको छ । जसमा नेकपा एमालेका महेश बर्तौलाले सबैभन्दा बढी मत पार्नुभएको छ ।

बर्तौलाले १८ हजार ८८ मत ल्याउँदा लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले १६ हजार ६८१ मत ल्याउनुभएको छ । बर्तौलाले १ हजार ४०७ मतले खतिवडालाई पछि पार्नुभएको हो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार १३९ मत पाउनुभएको छ । सो क्षेत्रमा २ हजार १७८ मत बदर भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*