मकवानपुर १ मा ४३७६७ गणना : डिनाको अग्रता जारी

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १४:१९

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा हालसम्म ४३ हजार ७६७ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवारका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले १५ हजार ३ सय मत पाउनुभएको छ ।

त्यस्तै नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको १२ हजार ८ सय ९६ मत आएको छ ।

त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले १० हजार ३ सय ५५ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाको १ हजार ७१० मत पाउनुभएको छ । २ हजार ३९ मत भने बदर भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*