मकवानपुर १ (ख) मा श्रेष्ठको अग्रता कायमै

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १४:१५

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (ख) मा हालसम्म ३६ हजार २ सय ३३ मत गणना भएको छ । जसमा नेकपा एमालेका एकलाल श्रेष्ठले सबैभन्दा बढी मत पाउनुभएको छ ।

श्रेष्ठले ११ हजार ५ सय ८४ मत पाउँदा लोकतान्त्रिक बाम गठबन्धनका आनन्दराम पराजुलीले १० हजार २ सय २८ मत पाउनुभएको छ । हालसम्म श्रेष्ठले पराजुलीलाई १ हजार ३ सय ५६ मतले पछि पार्नुभएको छ ।

सुरुवातबाटै मतमा पछि परेका पराजुलीलाई राप्रपाका गुन्जनबहादुर न्यौपानेले पनि पछि पार्नुभएको थियो । तर, ३० हजारभन्दा बढी मत गणना गर्दा पराजुलीले न्यौपानेलाई उछिनेर दोस्रो स्थानमा पुग्नुभएको छ ।

अब हेटौंडाको २, ६ र १० नम्वर वडाको मतगणना गर्न बाँकी रहेको छ । मतगणना जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*