बकैयाको मतगणनामा काङ्ग्रेसकी डीना पहिलो

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार ११:४८

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को हालसम्म ३७ हजार ८४ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले सबैभन्दा बढी मत पाउनुभएको छ ।

डिनाले १३ हजार ३ सय ६० मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नोपलका अध्यक्ष कमल थापाले १० हजार ६ सय ८१ मत पाउनुभएको छ । डिना, थापाभन्दा २ हजार ६ सय ७९ मतले अगाडि रहनुभएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बहादुर सिंहले ८ हजार ४ सय ३ मत पाउनुभएको छ । हेटौंडा उपमहानगरपालिकाका वडाहरुको मतगणना सुरु भएसँगै सिंहको मत बढिरहेको छ ।

सो क्षेत्रमा १ हजार ७३२ मत बदर भएको छ ।

यसैबिच, बकैया गाउँपालिकाको मतगणना सकिदा नेपाली काङ्ग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डीना पहिलो हुनुभएको छ ।

आज बिहान सम्पन्न भएको बकैया गाउँपालिकाका १० वडाहरुको मत परिणाम अनुसार वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार डीनाले बकैया गाउँपालिकामा ५ हजार ६ सय ९६ मत प्राप्त गर्नुभएको हो । अहिले बकैया ११ र १२ को मतगणना भइरहेको छ ।

यसैगरी नेकपा एमालेका उम्मेदवार कमल थापाले ४ हजार ५ सय २९ प्राप्त गर्दै दोस्रो हुदाँ राप्रपाका उम्मेदवार दीपक सिंहले ३ हजार २ सय ९९ मत प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*