कमल थापा डिनालाई पछ्याउँदै , दिपक सिंह मत बढाउँदै

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १०:४८

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को हालसम्म ३७ हजार ८४ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले सबैभन्दा बढी मत पाउनुभएको छ ।

डिनाले १३ हजार ३६० मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नोपलका अध्यक्ष कमल थापाले १० हजार ६८१ मत पाउनुभएको छ । डिना, थापाभन्दा २ हजार ६७९ मतले अगाडि रहनुभएको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बहादुर सिंहले ८ हजार ४०३ मत पाउनुभएको छ । हेटौंडा उपमहानगरपालिकाका वडाहरुको मतगणना सुरु भएसँगै सिंहको मत बढिरहेको छ ।

सो क्षेत्रमा १ हजार ७३२ मत बदर भएको छ । मतगणना जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*