१३७७१ मत गणना गर्दा महेश बर्तौला ३५१ मतले अगाडि

बकैया दर्पण संवाददाता
६ मंसिर २०७९, मंगलवार ११:००

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को ताजा मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म १३ हजार ७७१ मत गणना गर्दा नेकपा एमालेका महेश बर्तौलाले ५ हजार ६७१ मत ल्याएका छन् ।

त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले ५ हजार ३२० मत पाएका छन् । त्यस्तै स्वतन्त्र पार्टीका भरत पराजुलीले १ हजार ५२६ मत पाएका छन् । ६५८ मत बदर भएको छ । मत गणना जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*