कुल ३ लाख ७३३ जना मतदाताले मकवानपुरमा मतदान गर्दै

जिल्लामा २६ जना प्रतिस्पर्धामा
बकैया दर्पण संवाददाता
३० कार्तिक २०७९, बुधबार १३:१९

मकवानपुर । मकवानपुर जिल्लामा दुई वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका छन् । जस मध्येमा पुरुष मतदाता ७४ हजार ९ सय ३० जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७५ हजार २ सय २१ जना रहेका छन् । यस क्षेत्रमा अन्य ४ जना मतदाता रहेका छन् ।

यस क्षेत्रमा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ मा कुल मतदाता १ लाख ५० हजार ५ सय ७८ जना रहेका छन् । जस मध्येमा पुरुष ७८ हजार ५ सय ९८ जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७१ हजार ९ सय ७९ जना रहेका छन् । अन्य १ जना मतदाता छन् ।

यस क्षेत्रमा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवार बिचमा प्रतिस्पर्धा रहेको छ ।

मकवानपुर क्षेत्र नम्बर १ (क) मा ७७ हजार ९ सय ८९ जना मतदाता रहेका छन् । जसमा पुरुष ४० हजार १ सय ११ जना छन् । महिला ३७ हजार ८ सय ७७ जना रहेका छन् । अन्यामा १ जना छन् ।

मकवानपुर क्षेत्र नम्बर १ (ख) मा कुल मतदाता ७२ हजार १ सय ६६ जना रहेका छन् । जसमा पुरुष ३४ हजार ८ सय १९ जना छन् । महिला ३७ हजार ३ सय ४४ जना रहेका छन् । अन्यमा ३ जना छन् ।

मकवानपुर क्षेत्र नम्बर २ (क) मा कुल मतदाता ८३ हजार ९९ जना छन् । यस क्षेत्रमा पुरुष ४२ हजार ८ सय ४३ जना छन् । महिला ४० हजार २ सय ५५ जना छन् । अन्यमा १ जना छन् । क्षेत्र नम्बर २ (ख) मा कुल मतदाता ६७ हजार ४ सय ७९ जना रहेका छन् । यस मध्येमा पुरुष ३५ हजार ७ सय ५५ जना छन् । महिला ३१ हजार ७ सय २४ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*