अन्य पार्टीका मतादाले पनि एमालेलाई मत दिने एकालाल श्रेष्ठकाे भनाई

बकैया दर्पण संवाददाता
२९ कार्तिक २०७९, मंगलवार १८:४१

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले अन्य पार्टीका मतदाताले पनि एमालेलाई मत दिने बताउनुभएको छ । मंगलबार हेटौंडा १४ मा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै उम्मेद्बार श्रेष्ठले मुलुक जोगाउने एकमात्र पार्टी नेकपा एमाले भएकोले एमालेका मतदातासहित अन्य पार्टीकाले पनि एमालेमा मत दिने बिश्वास ब्यक्त गर्नुभयो ।

एमालेले सुरु गरेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न एमाले सधैं लागिरहेको बताउनुभयो ।

श्रेष्ठले आर्थिक वृद्धिका संवाहकका रुपमा रहेका कृषि र वन, उद्योग, पर्यटन, ऊर्जा, यातायात तथा सूचना प्रविधि तथा भौतिक पूर्वाधारको तीव्र विकास नेकपा एमालेको प्राथामिकतामा रहेको बताउनुभयो । सरकारमा रहदा विभिन्न गेम चेन्जर योजनाहरु सुरु गरेको र सुरु गर्ने चरणमा रहेकोले त्यसलाई सम्पन्न गर्न पनि एमालेको सरकार बन्नु आवश्यक रहेको धारणा राख्नुभयो । केपी ओली नेतृत्वको सरकारले नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता, गुमेको भुभागलाई नक्समा समाहित गर्दै नागरिकका मुर्छित सपनालाई जगाउने काम गरेको उहाँको भनाई छ ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापा, प्रदेश कमिटी सदस्य इन्द्रमान स्याङ्तान, मकवानपुर निर्वाचन परिचालन कमिटी सह संयोजक श्रीधर पोख्रेल, जिल्ला सचिवालय सदस्य मदन दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।
यसैगरी मंगलबार नै एमालेका उम्मेद्बार कमल थापा र एकालाल श्रेष्ठले हेटौंडा ५ र १५ नम्बर वडमा घरदैलो गर्दै कोणसभालाई सम्बोधन पनि गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*