कांग्रेसले मोरङ ३(१) मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने

बकैया दर्पण संवाददाता
२४ कार्तिक २०७९, बिहीबार १२:४०

मकवानपुर । कांग्रेसले मोरङ ३(१) मा पार्टीका महासमिति सदस्य मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पार्टीले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेकाले उहाँ मनोनयन दर्ता गराउन जार्ने तयारीमा जुटेको बताउनुभयो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिका अनुसार कांग्रेसलाई मनोनयन दर्ताका लागि बिहीबार १० बजेदेखि १ बजेसम्मका समय दिएको छ । कांग्रेसका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बूलाई उम्मेदवार बनाएको छ ।

लिम्बू नेविसंघ मोरङ पूर्व अध्यक्षका साथै जिल्ला संगठनको समेत नेतृत्व गरिसकेका त्यस क्षेत्रका चर्चित अनुहार भएकाले पार्टीले उम्मेदवार बनाएको बस्नेतले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*