बकैयामा राप्रपा अध्यक्ष लिङदेन आउदै

बकैया दर्पण संवाददाता
२४ कार्तिक २०७९, बिहीबार ०८:३१

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष राजेन्द्र लिङदेनले आज राप्रपा मकवानपुरको चुनावी आमसभालाई सम्बोधन गर्ने हुनुभएको छ ।

अध्यक्ष लिङदेनले पूर्वी मकवानपुरको बकैया गाउँपालिका ४ नम्बर वडाको जुरेली खेल मैदानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा मकवानपुरले जनाएको छ ।

आज हुने चुनावी सभालाई अध्यक्ष लिङदेनसहित राप्रपाका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दीपकबहादुर सिंह, प्रदेशसभा सदस्य उम्मेदवारहरु गुञ्जनबहादुर न्यौपाने र सागर थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*