बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३६९०७ पुग्यो

बकैया दर्पण संवाददाता
२० कार्तिक २०७९, आईतवार १३:४०

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या झण्डै ३७ हजार पुगेको छ । प्रदेशमा गत साउनदेखि शनिबारसम्ममा ३६ हजार ९०७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।

डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा १३ हजार ५६६ जना डेंगु संक्रमितका बिरामी फेला पदार्त रसुवामा भने ११ जनामात्रै डेंगु संक्रमणका बिरामी फेला परेका छन् ।

यसैगरी, ललितपुरमा ९ हजार ४८३, मकवानपुरमा ५ हजार २८०, भक्तपुरमा ३ हजार ९६७, चितवनमा २ हजार १८०, धादिङमा १ हजार १५, काभ्रेमा ५५५, रामेछापमा १८०, सिन्धुपाल्चोकमा २००, नुवाकोटमा २३४, सिन्धुलीमा १५० र दोलखामा ८६ जनालाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।

यस्तै, प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ जना पुगेका छन् । जसमा काठमाडौंका ७ जना, सिन्धुली र रामेछापका ३/३ जना, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका २/२ जना, भक्तपुर र धादिङका १/१ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*