मकवानपुरका १९ वटा मतदान स्थल अतिसंवेदनशील

बकैया दर्पण संवाददाता
१७ कार्तिक २०७९, बिहीबार १३:३९

मकवानपुर । मकवानपुरका १९ वटा मतदान स्थलहरु अतिसंवेदनशील अवस्थामा रहेका छन् । सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ वटा मतदान स्थलहरुमध्ये १९ वटा अतिसंवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार, जिल्लाका ६० वटा मतदान स्थलहरु संवेदनशील र बाँकी ८० वटा कम संवेदनशील (सामान्य) अवस्थामा रहेका छन् । अन्य बाँकी मतदान स्थल तथा मतदान केन्द्रहरूको निरीक्षण गर्ने काम जारी रहेको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मकवानपुरको जिल्लाको क्षेत्र नं. १ र २ मा गरी करिब ३६४ वटा मतदान केन्द्र तोकिएको छ । यसैगरी, जिल्लामा ३ लाख ७३७ मतदाताहरु कायम रहेको पनि सो कार्यालयले जनाएको छ ।

यस्तै, थप सुरक्षा व्यवस्थाका लागि जिल्लामा १ हजार ६ सय ९९ म्यादी परिचालन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*