माटाेकाेरि आविमा शुक्रबार सांस्कृतिक कार्यक्रम सम्पन्न

बकैया दर्पण संवाददाता
४ कार्तिक २०७९, शुक्रबार १६:३९

मकवानपुर । बकैया गाउँपालिका-७ मा रहेकाे माटाेकाेरी आविले तिहारकाे उपलक्ष्यमा शुक्रबार सांस्कृतिक कार्यक्रम गरेको छ ।

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे । उहाँले बिध्यालयहरुले यस्ता सांस्कृतिक कार्यक्रम आयाेेजना गरि साना बालबालिकालाई नेपाली चाडबाडहरूका बारेमा बुझाउन खाेज्नु राम्रो पक्ष रहेकाे बताउनुभयाे । उहाँले यस्ता कार्यक्रममा आफ्नाे साथ र सहयोग सदैव रहने प्रतिबद्धतासमेत जनाउनुभयाे ।

माटाेकाेरी आविका प्रअ धनबहादुर वाईवाले तिहारकाे सांस्कृतिक महत्त्वका बारेमा बिध्यार्थीहरुलाई सिकाउन यस्तो कार्यक्रमको आयाेजना गरिएको बताउनुभयाे ।

कार्यक्रममा बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, बकैया गाउँ कार्यपालिका सदस्य लक्ष्मी माझी, याेजना शाखा प्रमुख मिलन दुलाल, रामशरण माझी, गणेश बस्नेत, मसान उपासक, अमृत लाेप्चनलगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे सभाध्यक्ष माटाेकाेरी आविका बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष पाेषराज घिमिरे(राजन)ले गर्नुभएको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*