एमालेका उम्मेदवारलाई हार्ने छुट नभएको मकवानपुरे नेताहरुको उद्घोष

बकैया दर्पण संवाददाता
३० आश्विन २०७९, आईतवार ०६:५०

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रतिनिधीसभा क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा तथा क्षेत्र नम्बर–१ (ख) का उम्मेदवार एकालाल श्रेष्ठको उम्मेदवार परिचय तथा अगुवा कार्यकर्ता भेला आज हेटौंडामा भएको छ । कार्यक्रममा सहभागि नेताहरुले मकवानपुरको प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवारी दिएका छ जना उम्मेदवारलाई हार्ने छुट नभएको बताएका छन् । योजनाबद्ध ढंगले चुनावी मैदानमा होमिएकाले एमालेले यस जिल्लामा गरेको कामका आधारमा पनि जित सुनिस्चित भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष तथा एमालेका उम्मेदवार कमल थापाले सूर्यमा मतदान गरेर आफुलाई जिताएमा कसैले पनि पछि पश्चाताप गर्नु नपर्ने बताउनु भएको छ । आफु मकवानपुर जिल्लाको साझा अभिभावक रहेर बस्न चाहेको र साझा उम्मेदवार बनेर चुनाब लड्न आएको बताउनुभयो ।
यो चुनाब आफ्नो जिवनको अन्तिम चुनाव रहेको उहाँको भनाई छ । अहिलेको सहकार्यलाई सहज रुपमा लिनका लागि उहाँले आग्रह गर्नुभयो । अहिलेको सहकार्य एकथान सांसद जित्नका लागि मात्र नभएर सधैका लागि गरिएको सहकार्यलाई बुझ्न पनि आग्रह गर्नुभयो । नागरिकता बिधेयकका विषयमा राष्ट्रिपतिले गरेको कमदको आफुहरुले स्वागत गरेको बताउनुभयो ।

यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाले एमालेले मात्र देशमा समृद्ध ल्याउन सक्ने बताउनु भएको छ । अगुवा कार्यकर्ता भेलाका प्रमुख अतिथि रानाले एमाले सरकारमा रहँदा गरेको कामहरुले विकासका ढोकाहरु खोलेको बताउँदै एमालेको जितले मात्र देशमा समृद्धि आउने बताउनुभयो ।मंसिरमा हुने निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउने गरी सक्रिय बन्न पार्टीको सम्पूर्ण संगठनहरुलाई निर्देशन दिनुभयो ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले अहिले मुलुक सङ्कटमा रहेकाले देशलाई बचाउन पनि एमालेले जित्नु जरुरी रहेको बताउनु भएको छ । कार्यक्रममा बोल्दै उहाँले एमाले कमजोर बनाउने देशी बिदेशी शक्ति कृयाशिल रहेको बताउनुभयो । रास्ट्रियता बलियो बनाउन अनि अन्य केही दलसङ्ग सहकार्य भएको बताउनुभयो ।

आगामी निर्वाचनमा मकवानपुरमा नेकपा एमालेको विजय सुनिस्चित रहेको नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर–२ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठले बताउनु भएको छ । अहिले मुलुक आर्थिक दुरावस्थातिर गैरहेको बताउनुभयो । एमालेले समृद्धि र राष्ट्रियताको नेतृत्व गरेको अवस्थामा सरकारबाट बाहिरिन बाध्य पारिएको बताउनुभयो । एमाले सरकारबाट बाहिरिएसंगै बिकासको बाटो बन्द हुँदै गएको बताउनुभयो ।

निर्वाचन परिचालन कमिटीका संयोजक तथा उमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भारती पाठक, जुनेली श्रेष्ठ, अर्का नेता अनन्त पौडेल, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, एमालेका प्रदेश कमिटीका सदस्यहरु हरि बहादुर महत, गोपाल बहादुर श्रेष्ठ, श्रीधर पोख्रेल, राप्रपा नेपालका नेता राजाराम बर्तौला लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*