एमाले पार्टी प्रवेश गराउदैमा कमल थापा ब्यस्त

बकैया दर्पण संवाददाता
२५ आश्विन २०७९, मंगलवार १२:५४

मकवानपुर । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा आसन्न संघिय निर्वाचन लक्षित कार्यक्रममा मकवानपुर जिल्लामा आफ्नो सक्रियतालाई बढाइरहनुभएकाे छ । यस्तै क्रममा सोमबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा थापा अतिथि बन्नुभएकाे छ ।

नेकपा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका कार्यकर्तालाई थापाले स्वागत गर्नुभएकाे हाे । हेटौंडा–५ स्थित सानोपोखराकाे एमाले पार्टी कार्यालयमा पुगेर थापाले सम्बोधन समेत गर्न भ्याउनु भएको छ । थापा एमालेको चिन्ह सूर्य लिएर मकवानपुर–१ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेसँगै एमाले पार्टि कार्यलयमा देखिनुभएकाे हाे ।
उहाँले एमाले मकवानपुरको बलियो शक्ति रहेको र जितेको अनुभव धेरै भएको भन्दै सोही रणनीति अनुसार अगाडि बढ्न आफू तयार रहेको बताउनुभयाे । उहाँले देशको राजनीतिक घटनाक्रम र परिस्थितिले अहिलेको अवस्था सिर्जना भएको बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*