कमल थापाको उम्मेदवारी नेकपा एमालेबाट दर्ता

बकैया दर्पण संवाददाता
२३ आश्विन २०७९, आईतवार १४:५५

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेबाट मकवानपुर–१ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले चुनावमा आफ्नो जीत सुनिश्चित गर्न नेकपा एमालेको सूर्य चिन्हबाट प्रतिष्पर्धा गर्न लागेको जानकारी दिनुभयो । नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा भएको भन्दै उहाँले नेकपा एमालेको जिम्मेवार कार्यकर्ताहरुको साथ पाउने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

थापाको चुनाव चिन्ह एमालेको सूर्य हुने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*