डेंगु संक्रमितको संख्या मकवानपुरमा २५ सय ६

बकैया दर्पण संवाददाता
११ आश्विन २०७९, मंगलवार १०:३७

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमित बिरामीको संख्या २५ सय नाघेको छ । जिल्लामा सोमबार ८८ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २५ सय नाघेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यलयका अनुसार, जिल्लामा सोमबारसम्म डेंगु संक्रमण हुनेको संख्या २ हजार ५०६ जना पुगेको छ । जसमध्ये पुरुष १ हजार ३९६ जना र महिला १ हजार १०१ जना रहेका छन् । डेंगु संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेको छ । त्यहाँ हालसम्म २ हजार २६३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, थाहानगरपालिका ५६ जना, मकवानपुरगढी गाउँपालिकाका ३७ जना, बागमती गाउँपालिकाका ३ जना, कैलाश गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिकाका १०३ जना, भीमफेदी गाउँपालिकाका १९ जना, बकैया गाउँपालिकाका १३ जना, राक्सिराङ गाउँपलिकाका २ जना, ठेगना नखुलेका ५ जना र अन्य जिल्लाका १ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने हालसम्म कुनै पनि व्यक्तिमा डेंगु संक्रमण पुष्टि भएको छैन । उक्त संक्रमणका कारण जिल्लामा हालसम्म एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*