हेटौँडा बजारभित्र हेटौंडा १६ मिटर सडक विस्तार हुने मुख्यमन्त्री पाण्डेको दावी

बकैया दर्पण संवाददाता
२८ भाद्र २०७९, मंगलवार १५:१८

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बागमति प्रदेशको राजधानीसमेत रहेको हेटौँडा बजारभित्र भएर जाने राजमार्गलाई १६ मिटर सडक विस्तार गरिने दावी गर्नुभएको छ । चौकीटोल, राप्तीबगर हुदैं चुरियामाई निकाल्ने वाइपास सडक निर्माण गरिने र बजार क्षेत्रको सडक दायाँबायाँ १६ मिटर चौडा गरिने बताउनुभएको हो ।

मुख्यमन्त्री कार्यालयमा मंगलबार पत्रकारसँग कुरा गर्दै उहाँले केही समयअघि प्रधानमन्त्री शेर बहादुर देउवासँगको भेटमा यो बिषयमा कुराकानी भएको जानकारी दिनुहुदै यसले हेटौंडाकै सडक फराकिलो हुने र सडकलाई फराकिलो पार्दा झन् सुन्दर शहर बनाउन सकिने प्रतिक्रिया दिनुभयो । उहाँले काङ्ग्रेस नेतृ महालक्ष्मी उपाध्याय डिना र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षसहित आफु पनि उपस्थिती भई भएको छलफलपश्चात प्रधानमन्त्रीसमेत सकरात्मक हुनुभएको मुख्यमन्त्री पाण्डेको भनाई छ ।

मुख्यमन्त्री पाण्डेले आफुहरुले बजारभित्रको सडकलाई राष्ट्रिय राजमार्गबाट हटाउने र वाइपास सडकलाई रागमार्ग बनाउने भनेर लगेको प्रस्तावलाई प्रधानमन्त्रीले मान्नुभएको बताउनुभयो । तत्कालीन सरकारका प्रवक्ता एंव सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्णय सार्वजनिक गर्दा चितवनले कार्यान्वयन गरेको तर हेटौंडाले कार्यान्वयन गर्न नसकेकाले यस्तो स्थीति सिर्जना भएको बताउनुभयो । उहाँले सबैको पूर्ण विवरण आएपछि संघिय सरकारले कति गर्ने, प्रदेश सरकारले कति गर्न सक्छ र स्थानिय सरकारलाई कति काम लाउने भन्ने बिषयको निक्र्यौल गरिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*