चागुनारायण पालिका स्तरिय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

बकैया दर्पण संवाददाता
२२ भाद्र २०७९, बुधबार ०९:०६

मकवानपुर । भक्तपुरको चागुनारायण नगरपालिकाले नगर भित्रका माध्यामिक बिध्यालयहरूलाई दुई चरणमा सहभागी गराएर भाद्र २० र २१ गते अन्तर माध्यामिक तह बक्तृत्वकला प्रतियाेगिता सम्पन्न गरेकाे छ ।

बालविवाह राेकथाममा वालवालिकाकाे भूमिका विषयक वक्तृत्वकला प्रतियाेगितामा २० गतेका दिन वडा नम्वर १,२,३,४ र ५ का १० विद्यालयका १९ जना छात्रछात्राहरू सहभागी भएका थिए। सहभागी मध्ये गाेल्डेन सुनगाभा स्कूलका सुनिता शाही ठकुरी प्रथम, नवीन ईङ्गलिस स्कुलका माल्मिका दाहाल दास्राे, दिव्यन दाहाल तेस्राे र चागुनारायण म.वि.का सुनिता पण्डित सान्त्वना भएका छन्। २१ गते वडा नम्वर ६,७,८ र ९ का १० विद्यालयका १९ जना सहभागी मध्ये वाल्मिकेश्वर मा.वि.का गंगा तिमल्सिना प्रथम ,सरस्वति मा.वि.का सुनिता तिमल्सिना दास्राे ,बाल्मिकेश्वर माविकै राेजन दुलाल तेस्राे र क्वालिटी इङ्गलिस स्कूलका आयुष नेपाल सान्त्वना भएका छन्।

नगरपालिकाले २०७८ साल फागुन २७ गते बालमैत्री घाेषणा भएदेखि यस्ता किसिमका कार्यक्रमहरूलाई तिव्रता दिएकाे छ। विशेषतः वालवालिकाहरूलाई नै वालविवाह सम्वन्धि कार्यक्रमहरूमा सहभागी गराउँदा परिणाम मुखी हुने भएकाेले नगरपालिकाले विद्यालय स्तरमा यस्ता प्रकृतिकाे कार्यक्रमलाई प्रथमिकतामा राखिएकाे नगरपालिकाका बाल मैत्री सम्पर्क ब्यक्ति आशा माझीले वकैया दर्पणलाई वताउनुभयाे। चरणबध्दरूपमा गरिएकाे उक्त कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र बालवालिकाहरूकाे उल्लेख्य सहभागिता थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*