नयाँ भवनबाट हेटौंडा अस्पतालले सेवा सुरु गरेसँगै थप कर्माचारी माग

बकैया दर्पण संवाददाता
२० भाद्र २०७९, सोमबार १४:४५

मकवापुर । हेटौंडा अस्पतालले सेवा नयाँ भवनबाट सुरु गरेको छ । नयाँ भवनबाट सेवा सुरु भएपछि विरामीहरुलाई थप सहजता भएको छ ।

पुरानो भवनमा हुँदा आकस्मिक कक्षमा सात वटा बेडबाट सेवा दिइएको भए पनि अहिले आकस्मिक कक्षमा २४ वटा बेडबाट बिरामीको उपचार गरिरहेको मदन भण्डारी स्वाथ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिनुभयो । उहाँले चाँडै जनशक्ति थप गरेर अस्पतालको सेवा विस्तार गरी बिरामीलाई लाइनमा बस्नुपर्ने बाध्यता हटाउने तयारीमा अस्पताल लागेको बताउनुभयो ।

हेटौंडा अस्पतालले सूचना प्रकाशन गरेर माग गरेको एक सय ४९ जना माग गरेको छ । उक्त जनशक्ति राखिसकेपछि उपचार सेवामा अझै सहजता हुने छ । नयाँ भवनबाट आकस्मिक र ओपीडि सेवा सुरु गरिएको छ । अहिले कायम जनशक्तिले अपुग भएपछि थप जनशक्ति राख्न लागिएको हो ।

प्रतिष्ठानले सबैभन्दा बढी स्टाफ नर्स ४५ जना, हाउस अफिसर १५ जना, हेल्थ असिस्टेन्ट र डाटा इन्ट्रि तथा क्यासियर ११/११ जना मागेको छ । त्यस्तै अस्पताल व्यवस्थापक, आयुर्वेद चिकित्सक, लेखा अधिकृत, मेडिकल रेकर्डर अधिकृत, बायोमेडिकल इन्जिनियर, मेडिकल रेकर्डर सुपरभाईचर, प्रशासन सहायक, प्लम्बर, फिजियो थेरापी सहायक, बायोमेडिकल सेक्निसियन र आयुर्वेद सहायक एक–एक जना माग गरेको छ ।
त्यसैगरी, नर्सिङ्ग अधिकृत ८ जना, फार्मेसी असिस्टेन्ट ७ जना, सामाजिक सेवा ईकाइ सहजकर्ता र सिएसएसडी सहायक ६/६ जना, रेडियोग्राफी टेक्नोलोजिष्ट, ल्याब टेक्नोलोजिष्ट, डेन्टल आईजिनिष्ट र रेडियोग्राफर ४/४ जना, ओटी टेक्निसियन ३ जना माग गरेको छ । एनेस्थेसियन सहायक, इलेक्टीसियन, फार्मसिष्ट, एनेस्थेसिया अधिकृत र प्रशासनिक अधिकृत दुई/दुई जना प्रतिष्ठानले माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*