मकवानपुर २ मा एमालेद्वारा ३ जनाको नाम सिफारिस गर्दा काङ्ग्रेसबाट डिना सर्वसम्मत, माओवादीबाट बिडारीको पनि माग

बकैया दर्पण संवाददाता
१८ भाद्र २०७९, शनिबार १७:३७

मकवानपुर । प्रतिनिधि सभा निर्वाचनको लागि एमाले मकवानपुरले मकवानपुर क्षेत्र नंबर २ को लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

शनिवार बसेको एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नंबर २ को बैठकले ३ जनाको नाम सिफारिस गरेको हो ।

बैठकले नेकपा एमाले बागमती प्रदेश उपसचिव महेशकुमार बर्तौला, बागमती प्रदेश सदस्य सुवासचन्द्र ठकुरी र एमाले नेता बुद्धरत्न मानन्धरको नाम उम्मेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

यता, नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर क्षेत्र नंबर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस हुनुभएको छ ।

बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि डिनालाई सर्वसम्मत सिफारिस गरेको कांग्रेस क्षेत्रीय सभापति रन्जन कालाखेतीले जानकारी दिनुभएको छ ।

यसैगरी केहीदिन अगाडि नै नेकपा एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्बर २ बाट विरोध खतिवडालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरीसकेको छ भने माओवादीबाट रामनारायण बिडारीले समेत आफ्नो दावी कायम राख्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*