मकवानपुर–१ (क) बाट काङ्ग्रेसले र एमालेले छान्यो प्रदेश सांसदको उम्मेदवार, कसको सम्भावना धेरै

बकैया दर्पण संवाददाता
१८ भाद्र २०७९, शनिबार ०९:१४

मकवानपुर । बागमति प्रदेशको राजधानीसमेत रहेको जिल्ला मकवानपुरमा प्रदेश निर्वाचन २०७९ को सरगर्मी बढेको छ ।

अहिले राष्ट्रिय ठूला दलहरु उम्मेदवार छान्ने गृहकार्यमा लागेका छन् । नेपाली काङ्ग्रेसले बिहिबार प्रदेश क्षेत्रीय समितिले पठाएको नामलाई शुक्रबार बसेको मकवानपुर १ को संघिय कार्यसमितिले सोही नामलाई जिल्लामा सिफारिस गरेको छ भने एमालेले पनि शुक्रबार नै प्रदेशसभा समन्वय कमिटी बैठकले प्रदेश सभाको उम्मेदवारको नाम जिल्ला कमिटिलाई सिफारिस गरेको छ ।

नेकपा एमालेले मकवानपुर–१ को (क) का लागि नारायण सापकोटा, कृष्ण प्रसाद चौलागाई, दिल बहादुर घिसिङ (फूर्वा), राजकुमार तिमल्सिना, अणराज जर्गामगर, दीपक न्यौपाने र सीता बिष्टलाई सिफारिस गरेको नेकपा एमालेका जिल्ला सदस्य राजन दङ्गालले वकैया दर्पणलाई बताउनुभयो ।

यता नेपाली काङ्ग्रेसले भने दामोदर खनाल, भूमिनन्द गौतम र मिठाराम दाहालको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । शुक्रबार बसेको मकवानपुर १ नं. संघिय समितिले बिहिबार प्रदेश क्षेत्रीय समितिले पठाएको नामलाई नै अनुमोदन गरेको हो ।

यता, नेकपा माओवादीले भने अहिलेसम्म आफ्ना समितिहरुमार्फत नाम अनुमोदन गरीसकेको छैन । तर केही नामहरु चर्चामा रहेका छन् । नेकपा माओवादीबाट बिजय गौतम, प्रेम बहादुर पुलामी, कुमारी मोक्तान र भीम पाख्रिङको नाम चर्चामा छ । माओवादीले शनिबार नामहरु सिफारिस हुने जनाएको छ ।

अर्कोतर्फ गठबन्धनमा कसलाई कुन क्षेत्र भागमा पर्छ भनेर चासोका साथ हेरीरहेको यो पछिल्लो समयमा अहिले सिफारिसमा परेका नामहरुमध्येबाटै उम्मेदवार उठ्छन् भन्ने नरहेको बिश्लेलण समेत हुदै आएको छ ।
एमालेका एक नेताले मकवानपुर १ (क) मा एमालेबाट नारायण सापकोटा र दिल बहादुर घिसिङ (फूर्वा) मध्ये एकको सम्भावना ज्यादा रहेको बताउनुभयो भने नेपाली काङ्ग्रेसले गठबन्धनबाट टिकट पाए दामोदर खनालको सम्भावना रहेको नाम उल्लेख नगर्ने सर्तमा काङ्ग्रेसका संघिय समितिका एक नेताले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*