भदौ १८ गतेभित्र एमाले मकवानपुरले उम्मेदवार सिफारिस गर्ने

बकैया दर्पण संवाददाता
१६ भाद्र २०७९, बिहीबार १२:०७

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले उम्मेदवार सिफारिस गर्ने मिति र मापदण्ड तोेकेको छ ।

एमाले मकवानपुरको बुधबार बसेको सचिवालय बैठकले प्रतितिधि तथा प्रदेश तहका कमिटिको बैठकले आगामी भदौ १७ र १८ गतेभित्र जिल्ला कमिटीलाई उम्मेदवार सिफारिस गर्न समय तोकेको हो ।

बैठकले प्रत्यक्षमा एक महिलासहित ३ जनासम्म सिफारिस गर्न सकिने मापदण्ड बनाएको एमाले मकवानपुरका सचिव नविन सिग्देलले जानकारी दिनुभयो । उम्मेद्वार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्वता, लोकप्रियता र विजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता र निर्वाचन कानुन बमोजिमको योग्यतालाई ध्यान दिनुपर्ने केन्द्रीय निर्देशन बमोजिम गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

बैठकले प्रतिनिधिसभा क्षेत्र नं १ मा अनन्त पौडेल तथा क्षेत्र नं २ मा डोरमणी पौडेललाई सहजकर्ता तोकेको छ । त्यसैगरी, प्रतिनिधि सभा क्षेत्र नं १ को ‘क’ मा रामचन्द्र राई, ‘ख’ मा गोपाल श्रेष्ठलाई सहजकर्ता तोकेको छ । त्यस्तै, बैठकले प्रतिनिधि सभा क्षेत्र नं २ को ‘क’ मा प्रदेशसभा कमा रामचन्द्र राई, ‘ख’ मा गोपाल श्रेष्ठ, २ नं डोरमणि पौडेल, प्रदेशसभा ‘क’ मा नवराज तिमल्सिना ‘ख’ मा एकराज उप्रेतीलाई सहजकर्ता तोकेको सिग्देलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*