काङ्ग्रेसले गरीव जनताको लागि आवास कार्यक्रम ल्याउने नेता बानियाँको घोषणा

बकैया दर्पण संवाददाता
९ भाद्र २०७९, बिहीबार १७:३५

मकवानपुर । नेपाली काङ्ग्रेस वागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले आगामी संघ र प्रदेशको निर्वाचन पश्चात काँग्रेसले सरकार संञ्चालन गर्ने अवसर प्राप्त गरे गरिब जनताको लागी आवास कार्यक्रम ल्याउने बताउनु भएको छ ।

पश्चिम मकवानपुरको मनहरी गाँउपालिका वडा नं. ४, ५ र ६ का ५ सय ५० गरिब परिवारलाई खाद्यान्न वितरण गर्दै उहाँले सो धारणा राख्नु भएको हो ।

कार्यक्रममा बोल्दै सभापति बानियाँले कम्युनिष्ट एमालेले गरिबको भाषण गर्ने तर काँग्रेसले गरिबको काम नै गर्ने भएको हुँदा आगामी चुनावमा रुख चिन्ह र गठबन्धनलाई मतदान गरी जिताउन आह्वान समेत गर्नुभयो । उहाँले काङ्ग्रेसको नेतृत्वको स्थानिय सरकारमा गरिबका लागि न्याय र सेवामुखि कार्यक्रम ल्याउन समेत सुझाव दिनुभयो । मनहरी गाँउपालिकाले सञ्चालन गरेको गरिबका छोराछोरीलाई १२ कक्षासम्म नि:शुल्क शिक्षा दिने कार्यक्रम र गरिब परिवारको लागि नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम अत्यन्त सह्रानीय भएकोले उक्त स्थानीय सरकारले पनि यस्ता जनमुखी कार्यक्रम गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

खाद्यान्न राहत वितरण कार्यक्रममा मनहरी गाँउपालिकाका अध्यक्ष रञ्जन कालाखेति, नेपाली काङ्ग्रेस वागमति प्रदेश सदस्य जानकी लामा, नेता शेर बहादुर परियार, नेपाली काँग्रेस मनहरी गाँउपालिका सभापति प्रकाश बर्तौलालगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*