नेपाल शिक्षक सङ्घ बागमति प्रदेशले शिक्षकका मागका बारेमा ग¥यो अन्तरक्रिया

बकैया दर्पण संवाददाता
८ भाद्र २०७९, बुधबार १५:५२

मकवानपुर । नेपाल शिक्षक सङ्घ बागमति प्रदेशले हेटौँडामा पेशागत विविध बिषयको सामाजिक बिकास मन्त्री र शिक्षा विकास निर्देशनालय हेटौडाका निर्देशकसँगको अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बागमति प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालय–कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाउने, शिक्षक कर्मचारीको विविध माग र ध्यानाकर्षणका बिषयमा छलफल भएको नेपाल शिक्षक सङ्घका बागमति प्रदेश अध्यक्ष नारायण प्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँले शिक्षकका बिबिध मागका बारेमा बागमति प्रदेशका सामाजिक बिकास मन्त्री मोक्तानलाई बिभिन्न १६ बुँदे माग राखेर ज्ञापन पत्र पेश समेत गर्नुभएको छ ।

बागमति प्रदेशका सामाजिक बिकास मन्त्री मोक्तानले शिक्षकका मागका सम्बन्धमा आफु सकारात्मक रहेको र माग पुरा गराउन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

शिक्षा विकास निर्देशनालय हेटौडाका निर्देशक पूर्ण नेपालीलाई समेत सो १६ बुँदे ज्ञापन पत्र पेश गरिएको छ ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घका संघिय अध्यक्ष राजेन्द्र प्रसाद पौडेल, बरिष्ठ उपाध्यक्ष एमपि भुसाल, उपाध्यक्ष प्रेमप्रसाद भट्टराई, महासचिव सोमनाथ गिरीलगायतको उपस्थीति रहेको थियो ।

यो कार्यक्रम सकिएलगत्तै प्रदेश कमिटिको बैठक बस्ने शिक्षक गणेश हुमागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*