विशिष्टकृत सहकारी संघ वकैयाको अध्यक्षमा तिमिल्सिना चयन

बकैया दर्पण संवाददाता
६ भाद्र २०७९, सोमबार १५:३८

मकवानपुर । वकैया गाउँपालिकाको वकैया विशिष्टकृत सहकारी संघको अध्यक्षमा सोम बहादुर तिमिल्सिना चयन हुनुभएको छ ।

भदौ ५ गते गाउँपालिकाको कार्यालयमा भएको सहकारी संस्थाहरुको भेलाले वकैया विशिष्टकृत सहकारी संघमा तिमिल्सिनाको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा होमनाथ घिमिरे, सचिवमा तोयानाथ दाहाल, कोषाध्यक्ष लक्ष्मी घिमिरे र सहसचिवमा बलराम दुलाल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा धनकुमारी तितुङ र याङ्क प्रसाद फुयाँल चयन हुनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले वकैया गाउँपालिकाभित्र रहेका सहकारीहरुको लगानी र साझेदारीमा बिशिष्टिकृत सङ्घले कृषि तथा अन्य क्षेत्रमा लगानी गरी अगाडि बढ्ने उद्देश्यका साथ गठन गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिना यसअघि वकैया–१० का वडा अध्यक्ष रही कार्य गरी सक्नुभएको छ ।

बकैया गाउँपालिकाभित्र अहिलेसम्म ४१ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*