भदौ ९ गते राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले जिल्ला भेला गर्ने

बकैया दर्पण संवाददाता
६ भाद्र २०७९, सोमबार १०:५८

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले प्रथम प्रारम्भिक भेला गर्ने भएको छ ।

भदौ ९ गते (विहिवार) हेटौंडामा पार्टीको प्रथम प्रारम्भिक भेला हुन लागेको हो ।

गत साउन २७ गते पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भएको प्रथम प्रदेश स्तरिय भेलाले जिल्ला संयोजकमा राजकुमार न्यौपानेलाई चयन गरेको थियो ।

भोलि हुने भेलाले जिल्ला समितिलाई पुर्णता दिने, जिल्लाका सबै पालिकाहरुमा संगठन विस्तार गर्ने पार्टी सचिव रामप्रसाद आचार्य (सुमन)ले जानकारी दिनुभयो । भेलाले आगमी निर्वाचनको लागि उम्मेदवारको बारेमा समेत छलफल गरिने राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले जानकारी दिएको छ । पार्टीले प्रदेश सभाको निर्वाचनमा भने भाग नलिने बताई सकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*