प्रतिनिधीसभा निर्वाचनका लागि पाँचौ पटक पनि विरोध खतिवडा उम्मेदवार सिफारिस

बकैया दर्पण संवाददाता
५ भाद्र २०७९, आईतवार ११:२४

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्वर २ बाट विरोध खतिवडालाई प्रतिनिधीसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी क्षेत्र नम्वर २ को शनिवार बसेको बैठकले खतिवडालाई प्रतिनिधीसभा क्षेत्र नम्वर २ को उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

आगामी १० भदौमा बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफरिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिनुभयो । आसन्न चुनावका लागि प्रतिनिधीसभा क्षेत्र नम्वर २ को एकीकृत समाजवादीले खतिवडाको एकल नाम सिफारिस गर्ने निर्णय लिएको हो ।

लगातार चार पटक चुनाव उठेर जितेका खतिवडालाई फेरि पार्टीबाट प्रतिनिधीसभामा उम्मेदवार बनाउने निर्णय भएको हो । खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी हुनुभएको थियो ।
यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङतान र मुनु सिग्देलको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने राष्ट्रियसभामा ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीले जनाएको छ ।
शनिबार नै बसेको प्रतिनिधीसभा २ को प्रदेश (क) र (ख) को लागि पनि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश (क) को अध्यक्ष किरणमान बलको अध्यक्षतामा बसेको बैठकले (क) मा रामचन्द्र बललाई प्रत्यक्ष र समानुपातिकमै उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, समानुपातिकमा बेगम बरालको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । क्षेत्र नम्बर २ को प्रदेशसभाको (ख) का अध्यक्ष टंक मोक्तानको अध्यक्षतामा बैठक बसेको हो । यस्तै, प्रदेशसभा (ख) मा प्रत्यक्षमा भूमिनन्द अर्याल, समानुपातिकमा गोविन्दराम चेपाङ, कृष्णबहादुर चेपाङ, सूर्यमान चेपाङ (कर्ण) र मनिला विष्टलाई उम्मेदवार बनाउन नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

चुनावमा पार्टीबाट उम्मेदवार हुनेको नाम यही १० भदौभित्र सिफारिस गर्नुपर्ने एकीकृत समाजवादीको केन्द्रीय सर्कुलर अनुसार मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा र प्रदेशसभाको लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधीसभाका लागि एक महिला सदस्यसहित पाँच र प्रदेशसभामा एक महिलासहित चारजनाको नाम सिफारिस गर्नुपर्ने सर्कुलर अनुसार पार्टीको बैठकले निर्णय गरेको हो । बैठकमा पार्टीका नेताहरु विरोध खतिवडा, बागमती प्रदेश सदस्य रामचन्द्र बल, ललित बस्नेत, सूर्यचन्द्र न्यौपाने लगातयको उपस्थिती थियो ।
यस्तै, बैठकले पार्टीको बागमती प्रदेश सदस्य कल्याणविक्रम घलानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*