बकैया ७ को जनक माविमा यसपालीबाट कक्षा ११ सञ्चालन

बकैया दर्पण संवाददाता
१ भाद्र २०७९, बुधबार १२:००

मकवानपुर । जनसङ्ख्याको हिसाबले बकैया गाउँपालिकाको सबैभन्दा ठूलो वडाको रुपमा रहेको बकैया ७ को स्रोत बिद्यालय जनक मावि भिरकोटमा शैक्षिक शत्र २०७९/०८० बाट कक्षा ११ को कक्षा शुरु भएको छ ।
यो बर्षबाट कक्षा ११ मा शिक्षाशास्त्र सङ्काय र मानविकि सङ्कायमा भर्ना लिन शुरु गरिएको बिद्यालय ब्यबस्थापन समितिका नवनिर्वाचित अध्यक्ष युवराज थिङले जानकारी दिनुभयो । २०४१ सालमा स्थापना भएको बिद्यालयमा २०६१ सालबाट माध्यमिक तहको पठनपाठन भइरहे पनि कक्षा ११ सञ्चालन गर्ने प्रयास सफल हुन सकिरहेको थिएन ।

कक्षा ११ मा शिक्षाशास्त्र सङ्कायमा नेपाली, अङ्ग्रेजी, स्वास्थ्य, सामाजिक र गणित बिषयमा पठनपाठन गरिन लागेको अध्यक्ष थिङले जानकारी दिनुभयो । यस्तै, मानविकि सङ्कायमा नेपाली, अङ्ग्रेजी, सामाजिक, अर्थशास्त्र र समाजशास्त्र बिषयमा पठापाठन हुने उहाँको भनाई छ ।

बकैया ७ मा एउटा मात्र माध्यमिक तहको बिद्यालयका रुपमा रहेको उक्त बिद्यालयमा कक्षा ११ सञ्चालनमा आउने भएपछि मामदमार, धियाँललगायतका दुर्गम भेगका गरीव तथा जेहेन्दार बिध्यार्थीहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*