बाबुराम भट्टराईद्वारा नयाँ पार्टी दर्ता

बकैया दर्पण संवाददाता
१३ श्रावण २०७९, शुक्रबार १०:५९

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा)बाट निष्कासित नेता डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गर्नुभएकाे छ । बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो । निर्वाचन आयोगले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइएको उहाँले बताउनुभयो । पार्टीको चुनाव चिह्न आँखा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*